काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘मोबाइल नम्बर पोर्टेबिलिटी’ का लागि आवश्यक एजेन्ट कम्पनीको कार्यविधिको बनाउने प्रक्रिया अघि बढाएको छ । यसअघि प्राधिकरणले ‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ तयार पारेको थियो । उक्त नियमावलीको मस्यौदाअनुसार एमएनपीको बोलकबोलबाट नम्बर पोर्टेबिलिटी क्लियरिङ (एनपीसी) सेवा प्रदायक र ग्राहकबीच सहजकर्ताको भूमिका निर्वाह गर्ने एजेन्ट कम्पनीका लागि अनुमति प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त कम्पनीले एमएनपीका लागि आवश्यक पूर्वाधार स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मतको सम्पूर्ण काम गर्नेछ । नियमावलीको सोही व्यवस्थाअनुसार एनपीसीका लागि आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढेको प्राधिकरणका निर्देशक अम्बर स्थापितले जानकारी दिए । उनले प्राधिकरण बोर्डको निर्देशनअनुसार यो प्रक्रिया अघि बढाइएको समेत बताएका छन् । यसअघि प्राधिकरणले तयार पारेका एमएनपीसम्बन्धी नियमावलीको मस्यौदा प्राधिकरण बोर्डमा पेस भएको थियो । त्यसबेला प्राधि...
Comments
Post a Comment
Thanks for your intrest