Skip to main content

एन्ड्रोइडमा मिल्ने, तर आईफोनमा नमिल्ने यी ७ कुरा

काठमाडौं । एन्ड्रोइड र आईओएसबीच कुन अपरेटिङ सिस्टम उत्कृष्ट भन्ने विवाद कहिल्यै सकिँदैन । वर्षौँदेखि दुवै अपरेटिङ सिस्टममा थुप्रै अपग्रेड र युजर इन्टरफेस (यूआई) परिवर्तन हुँदै आइरहेका छन् ।

त्यस्तै दुवै अपरेटिङ सिस्टममा कतिपय समान किसिमका फिचरहरू पनि रहेका छन् । यस्ता आकर्षक अपडेट र यूआईमा परिवर्तन भइरहे पनि एन्ड्रोइडमा केही त्यस्ता कुरा छन्, जसको अभाव आईफोनमा सधैँ भइरहेको छ ।


आज हामी एन्ड्रोइडमा भएका, तर आईफोनमा नभएका आकर्षक फिचरका बारेमा चर्चा गर्दैछौं ।

मल्टिपल युजर र गेस्ट अकाउन्ट

मल्टिपल युजर र गेस्ट मोड स्मार्टफोन परिवार तथा साथीभाइसँग हुनेहरूका लागि वरदान नै हो । एन्ड्रोइडले भर्जन ५.० पछिका फोनमा यो फिचर ल्याउन थालेको छ भने आईफोनले यो फिचर वर्षौँदेखि अस्वीकार गर्दै आएको छ ।

यदि आफ्ना कोही साथी वा बालबालिकाले तपाईंको फोन प्रयोग गर्छन् भने यो मोड प्रयोग गरी आफ्नो गोपनीयता सुरक्षित राख्न सक्नुहुन्छ ।

अर्को व्यक्तिलाई फोन दिँदा गेस्ट मोड अन गरेर दिन सक्नुहुन्छ । गेस्ट मोडका लागि हरेक प्रयोगकर्ताको छुट्टै पासवर्ड, डेटा र एप हुने गर्दछ ।

यूएसबी प्रयोग गर्दा इन्टर्लन स्टोरेजमा एक्सेस

यदि तपाईंले आईफोनमा कम्प्युटरबाट आएको युएसबी केबलमा कनेक्ट गर्नुभयो भने, त्यसमा भएका फोटो तथा भिडिओमा विरलै पहुँच पाइन्छ ।

तर, एन्ड्रोइडमा यूएसबी केबल प्रयोग गरी कम्प्युटरका माध्यमबाट त्यसको इन्टर्नल स्टोरेजमा सम्पूर्ण पहँच पाउन सकिन्छ ।

साथै एन्ड्रोइडका फाइल कम्प्युटरमा र कम्प्युटरका फाइल एन्ड्रोइडमा ट्रान्सफर गर्न सकिन्छ । त्यस्तै एन्ड्रोइडमा भएको USB Tethering अप्सनका माध्यमबाट मोबाइलको इन्टरनेट पीसीमा समेत शेयर गर्न सकिन्छ ।

होम स्क्रिन कस्टमाइज गर्न सकिन्छ

आईफोनमा होम स्क्रिन आफूले चाहे अनुकूलको बनाउन केही सीमितता रहेका छन् । आईओएस १४ सँगै एप्पलले एप लाइब्रेरी, होम स्क्रिन विडगेट जस्ता फिचर समावेश गरेको थियो । तर, यी सबै एन्ड्रोइडले उपलब्ध गराउने फिचरका अघि फिक्का छन् ।

एन्ड्रोइडमा होम स्क्रिनमा भएका आइकन परिवर्तन गर्न सक्नुका साथै आफूले चाहे अनुसारको लन्चर प्रयोग गर्न सकिन्छ । त्यस्तै गुगल प्लेस्टोरमा त्यस्ता थुप्रै आइकन प्याक उपलब्ध छन् । जसका माध्यमबाट आफैले आकर्षक होम स्क्रिन कस्टुमाइज गर्न सकिन्छ ।

त्यस्तै एन्ड्रोइडमा केही पहिले नै इन्स्टल गरिएका थिम एपहरू हुन्छन् । यसबाट प्रयोगकर्ताले आफूलाई आवश्यक फन्ट, आइकन प्याक आदि राख्नसक्छन् ।

त्यति मात्र नभई एन्ड्रोइड प्रयोगकर्तालाई स्क्रिन सेटिङमा गई एपको साइज, एपको नोटिफिकेसन तथा एपको आइकन लुकाउन सक्छन् ।

डिफल्ट एप परिवर्तन

डिफल्ट एपका रूपमा आईफोनमा अन्य एपलाई प्रयोग गर्न सकिँदैन । आईओएस १४ पछि आईफोनले यस्तो फिचर ईमेल र ब्राउजर एपका लागि मात्र उपलब्ध गराएको छ । तर, एन्ड्रोइड फोनमा भने यसभन्दा धेरै डिफल्ट एप परिवर्तन गर्न सकिन्छ ।

उदाहरणका लागि प्रयोगकर्ताले डिफल्ट एप जस्तै; फोन, मेसेज, डिजिटल असिस्टेन्स, होम एप लगायत अन्य थर्ड पार्टी एपलाई डिफल्ट एपका रूपमा प्रयोग गर्न सक्छन् ।

अल्वेज-अन डिस्प्ले

अल्वेज-अन डिस्प्ले भन्नाले तपाईंको डिस्प्ले तपाईंले म्यानुअल्ली लक नगरेसम्म डिस्प्लेको लाइट बलिरहन्छ वा भनौँ डिस्प्ले अन भइरहन्छ ।

अल्वेज-अन डिस्प्लेका माध्यमबाट केही विशेष जानकारी जस्तै; मौसम वा फोनको ब्याट्री फोन अनलक नगरी हेर्न सकिन्छ । यसमा आफ्नो आवश्यकता अनुसार एपको नोटिफिकेसन पनि राख्न सकिन्छ ।

एमोलेड डिस्प्ले हुने एन्ड्रोइल फोनका लागि यो फिचर उपयुक्त हुन्छ । तर, आईफोनमा यो फिचर छैन ।

यदि तपाईंको एन्ड्रोइड फोनमा एमोलेड स्क्रिन छैन वा अल्वेज-अन डिस्प्ले फिचर छैन भने प्ले स्टोरबाट यो फिचर सपोर्ट गर्ने थर्ड पार्टी एप डाउनलोड गर्न सक्नुहुन्छ । तर आईफोनमा याे सुविधा छैन ।

एउटा एपको अर्को कपी एप

एन्ड्रोइड फोनजस्तै साओमी र वन प्लसले आफ्नो सफ्टवेयरमा एउटा त्यस्तो फिचर ल्याएका छन्, जसका माध्यमबाट कुनै पनि एपको कपी एप बनाउन सकिन्छ ।

यदि मुख्य एपमा केही महत्त्वपूर्ण काम भइरहेको छ, जसलाई खोल्न नमिल्ने अवस्था छ भने त्यसको कपी एप बनाई प्रयोग गर्न सक्नुहुन्छ । तर, यो फिचर आईफोनमा प्रयोग गर्न सकिँदैन ।

कल रेकर्डिङ

आईफोन प्रयोगकर्तालाई कल रेकर्ड गर्न सकस नै पर्छ । एप स्टोरमा उपलब्ध केही एपका माध्यमबाट रेकर्ड गर्न त सकिन्छ । तर, ति एप निःशुल्क पाउँन सकिँदैन ।

एन्ड्रोइड प्रयोगकर्ता प्रायः सबैको फोनमा डिफल्ट रूपमा कल रेकर्डिङ सुविधा रहेको हुन्छ । यदि बिल्ट-ईन सिस्टममा छैन भने थर्ड पार्टी एप डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

तर, गुगलले बिल्ट-ईन सिस्टम बाहेक अन्य कल रेकर्डिङ एप बन्द गराउने घोषणा गरेको थियो ।

Comments

Popular posts from this blog

नयाँ बर्ष २०७६ को शुभकामना

नयां बर्ष २०७६ को सुखद उपलक्ष्यमा हाम्रा समस्त सुभेच्छुक मित्रहरु, सहकर्मी मित्रहरु, देश विदेशबाट हामीलाई माया गरी सद्भाव प्रकट गर्नुहुने सबै आदरणीय दाजुभाई दिदी बहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं।                                                                                                                                              -प्रबिण रिजाल 

ईन्टर्नेट जडान

नमस्ते म प्रबिन रिजाल तपाई हरु को सेवामा धादिङ र नुवाकोट का बिभिन्न स्थान मा ईन्टर्नेट जडान मा सहजिकारण गर्दै छु एहा हरु को स्थान मा आबस्यक परेमा सम्पार्क गर्नुहोला ९८६१७७७३७७

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने

  सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।  बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो।  प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र  सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। 

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

  ५ साउन, काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ठाउँमा पानी परिररहेको छ । पश्चिम नेपाल र देशका विभिन्न स्थानमा भने बुधबारदेखि नै भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेको नेपालगञ्जमा सबैभन्दा धेरै पानी परेको मापन भएको छ । बाँकेकमा ९१ मिलिमिटर पानी परेको छ ।केही ठाउँमा चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण खहरेहरू बढेर बाढी आउने भएकोले सतर्क रहन सरोकारवाला निकायले सचेतसमेत गराएका छन् ।

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ जना घाइते

  इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा  जनाइएको छ । इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा एउटा घरलाई बिना चेतावनी आक्रमणको निशाना बनाउवदा  दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताएको छ ।  यसैबीच, प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। इजरायलले विस्फोटको जिम्मेवारी  भने अस्वीकार गरेको छ ।

कच्चा तेलको मूल्य पाँच महिना यताकै न्यून

कच्चा तेलको मूल्य घट्नुलाई तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन (ओपेक प्लस) को निर्णय प्रमुख मानिएको छ । संगठनले सेप्टेम्बर महिनाका लागि कच्चा तेलको उत्पादन बढाउने दैनिक एक लाख ब्यारेलले बढाउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको फाइदा नेपालमा सुरु भइसकेको नेपाल आयल निगमले जनाएको छ । अंग्रेजी महिना जुलाईमा मात्रै अन्तर्राष्ट्रिय मूल्य र स्वदेशी खपत दुवैमा भएको कमीले समग्र भुक्तानी मूल्यमै बचत भएको निगमका नायवकार्यकारी निर्देशक एवं लेखा प्रमुख नागेन्द्र साहले बताए  पेट्रोलियम पदार्थको खपत यस अघि दैनिक एक अर्बको रहेकामा उक्त महिना ७० करोडमा झरेको निगमले जनाएको छ । बर्खाका कारण विकास निर्माणको काम नहुने र मानवीय गतिविधि पनि कम हुने भएकाले मासिक खपत नै २४/२५ अर्ब हाराहारी हुने निगमको अनुमान छ । यस अघि यस्तो बिक्री मासिक ३० अर्ब हाराहारी थियो । इन्धनको मूल्य घट्दा निगमको घाटामा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो महिना मासिक ४ अर्ब बढी रहेकामा यो महिना एक अर्ब ३० करोड हारहारी मात्रै घाटा रहने निगमको प्रक्षेपण छ । पुस २०७७ बाट बढ्न थालेको इन्धनको...

इन्टरनेटको विकासको संक्षिप्त जानकारी

                                                                         लोेकप्रसाद भुसाल ,   हाल बुटवल        इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ ।सारा विश्व इन्टरनेटको माध्यमबाट एकआपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न हुने खालको बनाएको छ । सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । ठुलठूला व्यापार तथा कार्य सञ्चालन इन्टरनेट अवरोध  internet Outage  भएको बेला ठप्प भइदिन्छन । मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ । आज हामी जता हेर्छौं उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पन...

एकछिन हासौ

 

एउटै नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, क्लियरिङका लागि कार्यविधि बनाउँदै प्राधिकरण

  काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवा प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘मोबाइल नम्बर पोर्टेबिलिटी’ का लागि आवश्यक एजेन्ट कम्पनीको कार्यविधिको बनाउने प्रक्रिया अघि बढाएको छ । यसअघि प्राधिकरणले ‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ तयार पारेको थियो । उक्त नियमावलीको मस्यौदाअनुसार एमएनपीको बोलकबोलबाट नम्बर पोर्टेबिलिटी क्लियरिङ (एनपीसी) सेवा प्रदायक र ग्राहकबीच सहजकर्ताको भूमिका निर्वाह गर्ने एजेन्ट कम्पनीका लागि अनुमति प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त कम्पनीले एमएनपीका लागि आवश्यक पूर्वाधार स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मतको सम्पूर्ण काम गर्नेछ । नियमावलीको सोही व्यवस्थाअनुसार एनपीसीका लागि आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढेको प्राधिकरणका निर्देशक अम्बर स्थापितले जानकारी दिए । उनले प्राधिकरण बोर्डको निर्देशनअनुसार यो प्रक्रिया अघि बढाइएको समेत बताएका छन् । यसअघि प्राधिकरणले तयार पारेका एमएनपीसम्बन्धी नियमावलीको मस्यौदा प्राधिकरण बोर्डमा पेस भएको थियो । त्यसबेला प्राधि...