काठमाडौं । अब एउटा इन्टरनेट सेवा प्रदायकले ग्राहकको घरमा राखेको कुनै पनि राउटर तथा डिभाइसले अर्को सेवा प्रदायकको नेटवर्कलाई समेत सपोर्ट दिने भएको छ । सेवा प्रदायकले ग्राहकको घरमा प्रयोग हुने डिभाइसमा इन्टरअप्रेटेबल (एकअर्को नेटवर्क सपोर्ट गर्ने) हुनुपर्ने व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरणले गरेको हो ।
हालसम्म एउटा सेवा प्रदायले उपलब्ध गराएको राउटर अर्को सेवा प्रदायकको नेटवर्कमा काम गर्ने स्थिति छैन । जसले गर्दा ग्राहकले इन्टरनेट सेवा प्रदायक परिवर्तन गर्दा अर्को राउटरका लागि शुल्क बुझाउनु पर्ने अवस्था छ ।
त्यसलाई व्यवस्थित गर्ने उद्देश्यका साथ नियामकले यो कदम चालेको हो । प्राधिकरण बोर्डको हालै बसेको बैठकले ग्राहकको घरमा प्रयोग हुने डिभाइसको मापदण्ड तथा त्यसले सेवाको गुणस्तरमा पारेको प्रभाव तथा सुरक्षा चुनौतीका बारेमा अध्ययन गरेर यस्तो निर्णय गरेको हो ।
बोर्डले ‘मिनिमम रिक्वायरमेन्ट अफ सीपीई डिभाइस’ नामक मापदण्ड पारित गरेको छ । यसमा सेवा प्रदायकले अपनाउनु पर्ने प्रावधानको व्यवस्था गरिएको छ । जसअनुसार ग्राहकको घरमा राखिएको डिभाइस ‘इन्टरअप्रेटेबल’ हुनुपर्छ ।
तर, यो व्यवस्था राउटर लगायतका डिभाइसका लागि ग्राहकले पैसा तिरेको खण्डमा मात्रै लागू हुने जनाइएको छ । यसले ग्राहकलाई हरेक पटक इन्टरनेट सेवा प्रदायक परिवर्तन गर्दा राउटर परिवर्तन गर्नुपर्ने झन्झट अन्त्य गर्नुका साथै विद्युतीय फोहोरमैला कम गर्न समेत मद्दत पुग्ने प्राधिकरणको अपेक्षा रहेको छ ।
Comments
Post a Comment
Thanks for your intrest