Skip to main content

Posts

Showing posts from July, 2022

प्रदर्शनकारीले घर फर्क भन्ने नारा लगाएपछि श्रीलंकाली राष्ट्रपतिले भने —घर भए पो फर्कर्नु

  काठमाडौं   साउन १६, २०७९ श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रदशर्नकारीले आफूलाई ‘घर जानुहोस’ भन्ने मागको कुनै अर्थ नभएको बताएका छन् । श्रीलंकाको क्यान्डी सहरमा बोल्दै विक्रमासिंघेले केही व्यक्तिले आफूलाई घर फर्किन माग गर्दै विरोध प्रदर्शन गर्ने धम्की दिएको कोलम्बो ग्याजेटले जनाएको छ । 

मन्त्रिपरिषद्को बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

साउन १६ काठमाडौं            काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आकलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ ।

सडक भासिएपछि तातोपानी हुँदै चीन आउ–जाउ गर्ने बाटो बन्द

       ६ साउन,            काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङमा सडक भासिएपछि आउ–जाउ बन्द भएको छ । आज बिहान करिब सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको हो ।      सडक मर्मत गरेर यातायातका साधन सन्चालन गर्न सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।           यसैगरी कास्कीको हेमजादेखि लाहाचोक, घाचोक लगायतका स्थानमा पहिरो खसेका कारण सवारी आवागमन प्रभावित भएको छ । यसैगरी पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४ मा आज बिहान २ बजे खसेको पहिरो आज बिहान पन्छाइएको छ । पहिरो पन्छाइएसँगै सवारी साधन एक लेनमा आलोपालो चल्न थालेका छन् । पहिरो पूर्णरुपमा हटाएर सवारी साधन दुईतर्फी सञ्चलन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करपछि मोटरसाइकलमा आगलागी हुँदा चालकको मृत्यु

  १६ साउन,। पोखरा           हेमजा सडकखण्डमा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।      पोखराबाट हेमजातर्फ जाँदै गरेको ग१७ प १९७० नम्बरको मोटरसाइकललाई ग१क ५१५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिनेबित्तिकै मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।      ट्रकले ठक्कर दिने बित्तिकै मोटरसाइकलमा आगलागी भएको र प्रहरी टोली खटिएर उपचारका लागि मणिपाल शिक्षण अस्प्ताल पुर्‍याइएको थियो तर डाक्टरले मृत घोषणा गरिदिए,’ कास्की प्रहरी निमित्त प्रमुख सुन्दर तिवारीले भने । मृत्यु हुने मोटरसाइकल चालक माछापुच्छ्रे  गाउँपालिका लाहाचोकका २७ वर्षीय नवराज नेपाली हुन् । ठक्करबाट भन्दा पनि ठक्करपछि मोटरसाइकलमा भएको आगलागीका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।      ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।  

अपुरो छानबिनका भरमा फर्काइए शर्मा

  काठमाडौं   : नपाइएको सीसीटीभीमा नदेखिएको दृश्यलाई मुख्य आधार बनाउँदै संसदीय विशेष समितिको बहुमतले ‘चोख्याएको’ दुई दिनमा जनार्दन शर्मालाई प्रधानमन्त्रीले पुनः अर्थमन्त्री नियुक्त गरेका छन्। छानबिन अपुरो मात्र छैन, यसको मुख्य विषयवस्तुमा समिति छिर्दै छिरेन।  बजेट निर्माणका क्रममा जेठ १४ गते मध्यरातिपछि पूर्वनायब सुब्बा रघुनाथ घिमिरेलाई प्रवेश गराई कर, राजस्व र भन्सारका दर तलमाथि गराउन मन्त्री शर्माले खटाएका थिए। त्यसबारे जेठ ३० मा अन्नपूर्ण पोस्ट्मा समाचार आएपछि सर्वत्र विरोध भयो। तर, ‘१३ दिनभन्दा बढीको सीसीटीभी फुटेज मेटिएर जान्छ’, भन्ने अर्थको जवाफपछि शर्मामाथि दोहोरो नैतिक प्रश्न उब्जिएको थियो। र, असार २२ मा उनले राजीनामा दिएका थिए।  सीसीटीभी फुटेज ‘उडाइएको’ प्रकरणमा राजीनामा दिएका शर्माले सीसीटीभी फुटेज नभेटिँदा पनि पुनरागमन पाएका छन्। समितिले जेठको फुटेज माग्दा मन्त्रालयले असारको दिएको थियो। प्रहरीको फरेसिन्क ल्याबले ‘रिकभर’ गरेको भनिएको फुटेजमा दृश्य बुझिन्न। टुक्रा–टुक्रामा आएको त्यही दृश्यका आधारमा समितिको बहुमतले ‘केही नदेखिएको’ भनेको थियो। त्यसकै आधारमा ‘क्...

एन्ड्रोइडमा मिल्ने, तर आईफोनमा नमिल्ने यी ७ कुरा

काठमाडौं । एन्ड्रोइड र आईओएसबीच कुन अपरेटिङ सिस्टम उत्कृष्ट भन्ने विवाद कहिल्यै सकिँदैन । वर्षौँदेखि दुवै अपरेटिङ सिस्टममा थुप्रै अपग्रेड र युजर इन्टरफेस (यूआई) परिवर्तन हुँदै आइरहेका छन् । त्यस्तै दुवै अपरेटिङ सिस्टममा कतिपय समान किसिमका फिचरहरू पनि रहेका छन् । यस्ता आकर्षक अपडेट र यूआईमा परिवर्तन भइरहे पनि एन्ड्रोइडमा केही त्यस्ता कुरा छन्, जसको अभाव आईफोनमा सधैँ भइरहेको छ । आज हामी एन्ड्रोइडमा भएका, तर आईफोनमा नभएका आकर्षक फिचरका बारेमा चर्चा गर्दैछौं । मल्टिपल युजर र गेस्ट अकाउन्ट मल्टिपल युजर र गेस्ट मोड स्मार्टफोन परिवार तथा साथीभाइसँग हुनेहरूका लागि वरदान नै हो । एन्ड्रोइडले भर्जन ५.० पछिका फोनमा यो फिचर ल्याउन थालेको छ भने आईफोनले यो फिचर वर्षौँदेखि अस्वीकार गर्दै आएको छ । यदि आफ्ना कोही साथी वा बालबालिकाले तपाईंको फोन प्रयोग गर्छन् भने यो मोड प्रयोग गरी आफ्नो गोपनीयता सुरक्षित राख्न सक्नुहुन्छ । अर्को व्यक्तिलाई फोन दिँदा गेस्ट मोड अन गरेर दिन सक्नुहुन्छ । गेस्ट मोडका लागि हरेक प्रयोगकर्ताको छुट्टै पासवर्ड, डेटा र एप हुने गर्दछ । यूएसबी प्रयोग गर्दा इन्टर्लन स्टोरेजमा एक्सेस य...

मङ्सिर ४ मा चुनाव घोषणा भए आश्चर्य हुन्न : थपलिया

  काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने बताएका छन् । आयोगले मङ्सिर २ को मिति उपयुक्त हुने परामर्श दिएको थियो । तर त्यो दिन शुक्रबार परेकाले दुई दिनपछि ४ मङ्सिर आइतबारमा गर्न सकिनेबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग आयोगका पदाधिकारीको छलफल भएको थियो । स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘अबको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ को मिति घोषणा भए आश्चर्य हुने छैन ।’

अब ३ सय डलर माथिको मोबाइल आयातमा थप कडाई

  ठमाडौँ । अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ। सरकारले गत वैशाख १३ गतेदेखि लगाएको आयात प्रतिबन्धको अवधि भदौ १४ गतेसम्म पुर्‍याउँदै मोबाइल आयातमा थप कडाई गरेको हो।  सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौ १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो। यसअघि वैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँदा ६ सय डलससम्मका स्मार्टफोन आयात गर्न पाइने थियो। अहिले यसलाई परिमार्जन गरेर ३ सय डलर बनाइएको हो।

भेटियो मेटिएको सीसीटिभी फुटेज, फरेन्सिक टिमसँग परामर्श गर्दै संसदको विशेष समिति

  मंगलबार, श्रावण १०, २०७९                काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको जेठ १४ गतेको डिलिट भएका सीसीटिभी फुटेजहरू रिकभर गरी संसदीय विशेष समितिलाई बुझाएको छ । प्रहरीले रिकभर भएका फुटेज सोमबार नै समितिलाई बुझाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । प्राप्त फुटेजका केही क्लिपहरू समितिले मंगलबार अध्ययन गरेको उनले बताए । यद्यपि फुटेजसम्बन्धी थप विवरण चाहिने भएकाले समितिले प्रयोगशालाका विज्ञलाई समितिमा बोलाएको उनले जनाए । ‘फुटेज सम्बन्धी थप छलफल गर्नुपर्ने भएकाले हामीले फरेन्सिक ल्याबकै विज्ञलाई बोलाएका छौं,’ उनले भने, ‘आज (मंगलबार) ४ बजे विज्ञहरूसँग छलफल गर्छाैं । यसपछि सीसीटिभी फुटेजसम्बन्धी थप अध्ययन अघि बढ्नेछ । जेठ १५ गते बजेट भाषण हुनुअगाडि अनाधिकृत व्यक्तिहरू मन्त्रालयमा आएर करकाे दायरा हेरफेर गर्न लगाएको आरोप लागेपछि संसदले जेठ १४ र १५ गतेको सीसीटिभी फुटेज हेर्न खोज्दा अर्थ मन्त्रालयले फुटेज डिलिट भएको जानकारी दिएको थियो । यसलगत्तै सरकारले संसदीय समितिलाई थप छानबिन गर्न ...

इन्टरनेटको विकासको संक्षिप्त जानकारी

                                                                         लोेकप्रसाद भुसाल ,   हाल बुटवल        इन्टरनेट आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनेको छ ।सारा विश्व इन्टरनेटको माध्यमबाट एकआपसमा जोडिएको छ । इन्टरनेट प्रयोग नहुने कुनै क्षेत्र नै छैन ।  इन्टरनेटले आज कामहरुलाई स्मार्ट र द्रुत गतिमा सम्पन्न हुने खालको बनाएको छ । सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । ठुलठूला व्यापार तथा कार्य सञ्चालन इन्टरनेट अवरोध  internet Outage  भएको बेला ठप्प भइदिन्छन । मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ । आज हामी जता हेर्छौं उतै इन्टरनेटको प्रयोग भइरहेको देख्न सक्छौं । इन्टरनेट यस्तो चीज भइसक्यो कि जसको अभावमा छटपटी हुन्छ । हाम्रो देशमा यसको प्रयोग व्यापारिक भन्दा पन...

नेपाली संस्था स्मार्ट चेलीले जित्यो प्रतिष्ठित ‘लिड २०३० च्यालेन्ज’, ५० हजार डलर पुरस्कार पाउने

  काठमाडौं । शिक्षा क्षेत्रमा काम गर्दै आएको नेपाली संस्था   स्मार्ट चेली ले एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपाधि जितेको छ । बेलायतस्थित वन योङ वर्ल्डले आयोजना गरेको ‘लिड २०३० च्यालेन्ज’मा स्मार्ट चेलीले ‘सस्टेनेबल डेभलपमेन्ट गोल फोर क्वालिटी एजुकेसन’ विधामा पहिलो स्थान हासिल गरेको हो । योसँगै स्मार्ट चेलीले ५० हजार डलर (करिब ६४ लाख रूपैयाँ) पुरस्कार पाउने भएको छ । त्यस्तै यो संस्थाले समाजमा पारेका प्रभावलाई बढवा दिन वन योङ वर्ल्डबाट एक वर्षसम्म मेन्टरशिप प्राप्त गर्नेछ । टेकपानासँग कुरा गर्दै स्मार्ट चेलीकी सह-संस्थापक प्रतिक्षा पाण्डेले विजेता बनेको खबर पाउँदा निकै उत्साहित भएको र थप जिम्मेवारी आएको बताइन् । ‘वन योङ वर्ल्डले पुरस्कारका लागि आवेदन खुलाएपछि हामीले आफूले गरेका काम र त्यसले पारेको प्रभावबारे रिपोर्ट बनाएर पठाएका थियौं । सोही रिपोर्ट र मूल्याङ्कन गर्दै आयोजकले स्मार्ट चेलीलाई दोस्रो चरणका लागि छानेको थियो । त्यसपछि विभिन्न प्रतिस्पर्धीबीच गहिराइमा गई योजना र कामका बारेमा सोधिएको थियो । त्यसपछि वन योङ वर्ल्डले स्मार्ट चेलीलाई असार २४ गते विजेता घोषणा गरेको थियो...

नेपालमा साइबर हमला रोक्न सिस्टम बनाउँदै सरकार

  काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले देशमा हुनसक्ने साइबर हमलालाई रोक्न सिस्टम निर्माण गर्ने भएको छ । प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट हुनसक्ने साइबर हमलालाई रोक्न आवश्यक पूर्वाधारको तयारीका लागि अध्ययन प्रक्रिया अघि बढाउन लागेको हो । त्यसका लागि प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै परामर्श सेवाप्रदायक कम्पनीहरूसँग आशयपत्रको माग गरेको छ । इच्छुक कम्पनीले १५ दिन अर्थात् आउँदो जनवरी ९ तारिखको राति १२ बजेसम्म आवेदन दिन सक्नेछन् । यो अवधिमा आएको आवेदनमध्येबाट उत्कृष्ट एक कम्पनी छनोट गरी उक्त कम्पनीलाई सिस्टम निर्माण गर्न कस्तो स्रोत, पूर्वाधार र कति लागत आवश्यक पर्छ भन्ने विषयको अध्ययन गर्न जिम्मा दिइनेछ । पछिल्लो समय नेपालमा साइबर हमलाका घटना बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै यो प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । ‘यो अध्ययनमा इन्टरनेसनल इन्टरनेट गेटवे र डोमेस्टिक (नेसनल) दुवै नेटवर्क समेटिने छ,’ प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘नेटवर्क सेवाप्रदायकले इन्टरनेट गेटवेको विषयमा ध्यान नदिने हुँदा त्यसलाई सुरक्षित गर...

गुणस्तरीय सेवा दिन सबै दूरसञ्चार सेवा प्रदायक असफल

  काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा सधैँ चुक्दै आएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ‘ड्राइभ टेस्ट’मार्फत विभिन्न समयमा मोबाइल सेवा प्रदायकको गुणस्तर मापन गरिरहेको छ । प्राधिकरणले गर्ने यस्ता परीक्षणमा सेवा प्रदायकहरू तोकिएको मापदण्ड पूरा गर्न सँधै असफल रहेको देखिन्छ । यतिसम्म कि काठमाडौं उपत्यकामै टेलिकम सेवा प्रदायक कम्पनीहरूले गुणस्तरीय सेवा उपलब्ध गराउन नसकेको प्रतिवेदन समय-समयमा सार्वजनिक भइरहेकाे छ । काठमाडौं उपत्यकामै गुणस्तरीय सेवा दिन चुकेका सेवा प्रदायकले बाहिरी जिल्लामा गुणस्तरीय सेवा दिइरहेका छन् भनेर अपेक्षा गर्नु अस्वाभाविक हो । यसैक्रममा प्राधिकरणले गत वर्ष प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रेदशमा दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराएको सेवाको गुणस्तर अध्ययन तथा मापनका लागि परामर्शदाता नियुक्त गरेको थियो । यसको जिम्मा इन्क्लुसिभ–एभरेष्ट–माइक्रोटेकको जेभी (ज्वाइन्ट भेन्चर)ले हात पारेको थियो । उक्त कम्पनीले प्राधिकरणलाई बुझाएको अन्तिम प्रतिवेदन अनुसार प्रदेशस्तरमा पनि दूरसञ्चार सेवा प्रदायक गुणस्तरीय ...

नेपाल टेलिकमले सुरू गर्‍यो ‘एनटिटिभी’ एपको परीक्षण

नेपाल टेलिकमले २४ सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानलहरू निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटिटिभी’ एपको परीक्षण सुरू गरेको छ। सो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रूपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको हो।  उक्त एपमार्फत एन्ड्रोइड र आइओएसका मोबाइलहरूमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरू लगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरू प्रत्यक्ष हेर्न सकिने टेलिकमले जनाएको छ।  यसका लागि नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरूले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटिटिभी’ एप डाउनलोड गर्नुपर्ने हुन्छ। यस लगत्तै एपमा आफ्नो मोबाइल नम्बर र ओटिपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिन्छ। यसपछि आफूलाई मन परेको च्यानल जुनसुकै डेटा प्याक तथा वाइफाइमार्फत सहजै हेर्न सकिन्छ। एपमा भएका च्यानलहरू हेरेवापत हाल छुट्टै शुल्क तिर्नु पर्दैन। 

आज पनि केही ठाउँमा भारी वर्षा हुने, बाढीपहिरोको जोखिम बढ्यो

  ५ साउन, काठमाडौं । आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै ठाउँमा सामान्य र केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले पनि धेरै ठाउँमा सामान्य वर्षा भइरहेको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षा हुने भए पनि सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा केही उत्तरतिर अवस्थितर रहेकोले पहाडी भूभागका धेरै ठाउँमा पानी परिररहेको छ । पश्चिम नेपाल र देशका विभिन्न स्थानमा भने बुधबारदेखि नै भारी वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेको नेपालगञ्जमा सबैभन्दा धेरै पानी परेको मापन भएको छ । बाँकेकमा ९१ मिलिमिटर पानी परेको छ ।केही ठाउँमा चट्याङसहित वर्षा हुने र केही ठाउँमा भारी वर्षाका कारण खहरेहरू बढेर बाढी आउने भएकोले सतर्क रहन सरोकारवाला निकायले सचेतसमेत गराएका छन् ।

फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताका लागि नयाँ गोपनीयता नीति

  काठमाडौं । मेटाले फेसबुक र इन्स्टाग्रामका अर्बौं प्रयोगकर्ताका लागि नयाँ गोपनीयता नीति ल्याएको छ । आउँदाे जुलाई २६ देखि लागू हुनेगरी ल्याइएको गोपनीयता नीति अन्तर्गत प्रयोगकर्ताको डेटा सुरक्षाकाे विषय उठाइएकाे छ । यसमा मुख्यगरी दुई परिवर्तन गरिएकाे छ । अब प्रयोगकर्ताले उनीहरूको जानकारी कसरी प्राेसेसिङ हुन्छ भनेर आफैंले नियन्त्रण गर्न सक्छन् । त्यसमा आएको नयाँ सेटिङका माध्यमबाट प्रयाेगकर्ताले आफ्नो पोस्ट डिफल्ट रूपमै कसले देख्नसक्ने वा नसक्ने भन्ने कुरा नियन्त्रण गर्न सक्नेछन् । त्यस्तै कम्पनीले सेवाका सर्तहरू पनि अपडेट गरेको छ । मेटाका प्रमुख गोपनीयता अधिकृत मिचेल प्रोटीले आफ्नो ब्लग पोस्ट भनेका छन्, ‘हाम्रो प्लेटफर्म प्रयोग गरिरहेका प्रयोगकर्ताले हामीबाट के अपेक्षा गरेका छन् भन्ने कुरा प्रष्ट रूपमा व्याख्या गर्न चाहन्छौं ।’ उनले त्यसमा कम्पनीले कस्तो अवस्थामा अकाउन्ट डिसेबल गर्ने वा हटाउने भन्ने कुरा र प्रयोगकर्ताले अकाउन्ट डिलिट गरिसकेपछि के हुन्छ भन्ने कुराको विस्तृत जानकारी समावेश गर्ने जानकारी दिएका छन् । त्यस्तै मेटाले कस्ता थर्ड पार्टीहरूमाझ जानकारी शेयर गर्ने र लिने क...

यी हुन् नेपालमा इन्टरनेट महँगो हुनुको कारण, कसरी घटाउने शुल्क ?

  काठमाडौं । इन्टरनेट अत्यावश्यक आवश्यकता भइसकेको छ । दैनिकी इन्टरनेटसँग जोडिँदै गएको विषयलाई आत्मसाथ गर्दै सरकारले पनि यसलाई अत्यावश्यक सेवाको सूचीमा राखिसकेको छ । सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखे पनि महँगो मूल्य तिरेर इन्टरनेट चलाउनु पर्ने वाध्यता कायमै छ । सेवा प्रदायकले पछिल्लो समय आफ्नै स्रोत साधनमा इन्टरनेट सेवा विस्तार गरिरहेकै छन् । इन्टरनेट विस्तारसँगै इन्टरनेटको गति र मूल्यमा निकै परिवर्तन आएको छ । तर, पनि यो अझै नेपालका धरै जनसंख्या क्रयशक्ति भन्दा बाहिरको विषय हो । त्यसका लागि सरकार तथा निजी क्षेत्र दुवैको सहकार्य र सहजीकरण आवश्यक छ । जसले भोलिका दिनमा नेपालको इन्टरनेटलाई सस्तो बनाउन मद्दत पुर्‍याउने छ । त्यसैले यहाँ नेपालमा इन्टरनेट महंगो हुनका मुख्य पाँच कारणहरूलाई केलाउँदै छौं । अन्तराष्ट्रिय नेटवर्क अन्तराष्ट्रिय ब्याण्डविथ नेपालको लागि सबैभन्दा चुनौतीको विषय हो । हाल नेपालमा भारतका दुई कम्पनी टाटा र एयरटेलमार्फत अन्तराष्ट्रिय इन्टरनेट ब्याण्डविथ भित्रिरहेको छ । चीनबाट नेपाल टेलिकमले इन्टरनेट भित्र्याएको भए तापनि परिमाण नगण्य छ । भारतका यी दुई कम्पनीको वर्चस्व...